काठमाडौं । एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो ।
सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी हुँदा चार विकेटको क्षतिमा हुँदा १७४ रन बनाउँदै पूरा गरेको हो । एसिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो । यसअघि समूह चरणको खेलमासमेत पाकिस्तान भारतसँगै पराजित भएको थियो ।
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।
उसका लागि शुभमन गिलले ४७ रन जोड्दा तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ रन थपे । भारतविरुद्ध पाकिस्तानका हरिस राउफले दुई विकेट हात पार्दा अब्राहम र फहम आस्रपले एकएक विकेट लिए ।
सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको हो । पाकिस्तानका लागि साहिबजादा फरहानले अर्धशतक बनाए । ४५ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५८ रन जोडेका हुन् । उसका लागि सायम अउब र मोहमद नवाजले समान २१–२१ रन थपे ।
भारतको बलिङतर्फ चार ओभर बलिङ गरेका जसप्रित बुम्राह विकेटबिहीन बने । उसका लागि शिभव दुवेले दुई विकेट हात पार्दा कुलदीप यादव र हार्दिक पाण्ड्याले एकएक विकेट लिए । यो जितसँगै भारत सुपर फोरमा दुई अंक जोडेको छ । सुपर फोरको अघिल्लो खेलमा बंगलादेशले श्रीलंकालाई हराउँदै दुई अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा
एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित