काठमाडौं । एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकालको हो ।
टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।
आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । उसका लागि साहिबजादा प्रहानले अर्धशतक हिर्काए । ३८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । फकर जमानले ४६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ भारतका कुलदीप यादवले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा ३० रन खर्चिएका थिए । उसका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।
१४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् । भारतको जितमा शिभव दुवेले ३३ थन जोड्दा सन्जु श्यामसनले २४ रन थपे । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट हात पारे भने अफ्रिदी र अब्रार अहमदले एकएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा
एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित