काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विद्वेष फैलाउने कुनै प्रकारका गतिविधिबाट प्रभावित नहुन अपिल गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले पार्टी पंक्तिलाई त्यसका विरुद्ध उभिन, संयमित हुन र राष्ट्रिय एकतामा योगदान गर्न अनुरोध गरेका हुन् ।
उनले भनेका छन्, ‘जुनसुकै जाति, भाषा धर्म र संस्कृतिको अनुयायी भए पनि हामी सर्वप्रथम नेपाली हौँ भन्ने गर्ववोध गर्दै सबै क्षेत्रमा उच्चस्तरको सहिष्णुता र सहकार्यको राष्ट्रिय एकतालाई समृद्ध गर्न आम जनसमुदायलाई हार्दिक अपील गर्दछ ।’
जातीय एकता, साम्प्रदायिक सद्भाव तथा सांस्कृतिक साझेदारीको अनुपम उदाहरणका रुपमा विकसित भएको मुलुकमा हालै धरानमा भएका घटनाले समस्त मुलुकबासीलाई चिन्तित तुल्याएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हामीलाई विभाजित गर्ने कुनै पनि प्रयत्नलाई विगतमा हामी नेपालीहरुले जसरी परास्त गर्दै आएका छौँ, त्यसरी नै अहिले देखा परेका प्रवृतिलाई पनि स्वयं धरानवासी जन समुदायताले धैर्यता र संयमका साथ सामना गर्नु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल