बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे कोइराला

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १२ : ४३
बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका थिए । 

कारगार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् ।

केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री महेन्द्र यादव, भिष्मराज आङदम्बे, परराष्ट्रमन्त्री एनपी साउन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका नेताहरु पनि सुन्धारा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस