बुटवल। उपचारको क्रममा बालिकाको मृत्यु भएपछि गुल्मीको तम्घासस्थित गुल्मी अस्पतालमा तनाब भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ की सात वर्षीया प्रशंसा मरासिनीको मंगलवार बिहान मृत्यु भएको थियो ।
अस्पतालको लापरवाही कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तको दाबी छ । बालिकालाई सोमवार उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकाले दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।
बिरामीका आफन्तले अस्पतालकाको कमजोरीका कारणले मृत्यु भएको भन्दै मृत्यु हुनुको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सकको भनाइ छ ।
अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए । अस्पतालले लापरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् । अस्पतालमा तनाबग्रस्त भएपछि अहिले अस्पताल प्रशासन कार्यालय गुल्मी र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण