स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०८२, १४ : ०७
स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् ।

उनले यसले निर्वाचन खर्च घट्ने बताए  ।भण्डारीकाअनुसार आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने छ । यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके मितव्ययी र प्रभावकारी हुने उनको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस