काठमाडौ । पोखरामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार साँझ पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु