काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रगतिशील र कम्युनिस्टहरू एकै ठाउँमा आउनैपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव चन्दले परिस्थितिले पनि प्रगतिशील, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बाध्यता रहेको बताए । देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने उनको भनाइ थियो । यस्तै प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताएका थिए ।
‘नेपाल दुईवटा छन् । एउटा नेपालमा मालिकहरूको अगाडि नाक रगडेर बस्ने मान्छेहरू छन् । दुई कौडीको भिखको लागि देश बेच्न तयार हुने गद्धारहरु पनि छन् । लाचार मान्छेहरूको एउटा पङ्क्ति छ नेपालमा । देशप्रति गद्दारी गर्नु र आमाप्रति गद्दारी गर्नु एउटै कुरा हो । आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्दारी गर्ने कलंकित पात्रहरू पनि यहाँ छन् । तर, त्यो होइन । यो कार्यक्रममा नेपालमा स्वर्ग खडा गर्न चाहने मान्छेहरूको पङ्क्ति छ । हामी नेपाललाई साँच्चिकै सुन्दर र सभ्य देश बनाउन चाहन्छौँ, ’नेता चन्दले भने ।
तर, त्यसका लागि धेरै कठिन सङ्घर्ष गर्नुपर्ने भन्दै देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनका लागि उनले आह्वान गरेका थिए । चन्दले भने, ‘देशमाथि हमला हुँदा वा हस्तक्षेप हुँदा एक हुन आवश्यक छ । यो सङ्घर्षको नयाँ मोर्चा पनि हो । परिस्थितिले नयाँ मोर्चा खडा गर्छ ।ु
उनले एमसीसी लगायतका सम्झौतामा शीर्ष नेताहरूले राष्ट्रियतामाथि घात गरेको भन्दै त्यसविरुद्ध प्रगतिशील र कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा