काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारबाट स्वचालित तारेख व्यवस्थापन सुरु हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार बिहान ११ बजे स्वचालित तारेख व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न लागेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश श्रेष्ठ आफैँ तारेख दिने स्थानमा गई स्वचालित तारेख व्यवस्थापनको सुरुवात गर्न लागेका हुन् । यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा मंगलबारबाट स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो ।
प्रवक्ता पौडेलका अनुसार अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ । सिस्टमबाटै तारेखको मिति तोकिँदा तारेख छिटो वा ढिलो आएको भनी आउने गरेको गुनासो सम्बोधन हुने प्रवक्ता पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी