काठमाडौं । काठमाडौं जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका १ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौंको टोखा नगरपालिका १ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका ७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका १ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ