काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरुद्धमा नेविसंघले प्रधानमन्त्रीको निवास बालुवाटार घेराउ गरेको हो ।
आइओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.रबी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो । इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने नेविसंघको भनाई छ । शुल्क वृद्धिको विरुद्धमा नेविसंघ पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ विगत पाँच दिनदेखि अनशनरत छन् ।
चापागाईँको जीवन रक्षाका लागि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सबै सरोकारवाला निकायसँग अपील गरेका छन् । सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, आईओईले १४४ प्रतिशत बढाएको अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता हुनुपर्ने, त्रिवि र आईओईलाइ सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने लगायतको माग नेविसंघको रहेको छ ।
साथै, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने, नेविसंघले विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा कर्पोरेट सोसियल रेस्पोन्सिविलिटीको माध्यमबाट सहयोग गर्ने वातावरण निर्माण गरिनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई “राष्ट्रिय संकट” घोषणा गर्नुपर्ने लगायतका माग राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा