काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन ।
भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योग समितिमा पराजुलीलाई उम्मेदवार बनाउने तय भएको छ । उनले अघि भने, ‘अरु समितिबारे छलफल भइरहेको छ ।’
सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोली र व्यवहारको पजनी : दल बदलिएका हुन् कि सत्ताको केवल कुर्सी ?
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !
रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र
रास्वपाले पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय
रास्वपाको दाबी : चुनावपछि वाचापत्र नफ्याँक्ने, प्रतिबद्धता पूरा गर्ने लक्ष्य