काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन ।
भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योग समितिमा पराजुलीलाई उम्मेदवार बनाउने तय भएको छ । उनले अघि भने, ‘अरु समितिबारे छलफल भइरहेको छ ।’
सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?
रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने
चुनाव केन्द्रित गतिविधिलाई तीव्र पार्ने रास्वपाको निर्णय
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
निर्वाचन आयोगबाट दलीय छाया हटोस्: रास्वपा