काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
पाँच सदस्यीय उक्त समितिमा गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की तथा सुशान्त वैदिक सदस्यका रूपमा रहेका छन्। पार्टीको आन्तरिक संरचना र व्यवस्थापनलाई व्यवस्थित बनाउन विधान परिमार्जनको प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यसैबीच रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन चितवनमा सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।
महाधिवेशन व्यवस्थापनका लागि सभापति रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन केन्द्रित विभिन्न उपसमितिसमेत बनाएको जानकारी केन्द्रीय सदस्य मेघ आलेले दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय
रास्वपाको दाबी : चुनावपछि वाचापत्र नफ्याँक्ने, प्रतिबद्धता पूरा गर्ने लक्ष्य
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ छलफलको एजेन्डा
रास्वपाले गर्यो १५ जनाको सदस्यता खारेज
मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी