काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैंबाट शुरु गर्नुपर्नेमा जोड दिएका छन् ।काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैंबाट शुरु गर्न सुझाव दिए ।
“अरूलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैंबाट सुधार शुरु गर्नुपर्छ”, रक्षामन्त्रीसमेत रहेका खड्काले भने, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे ।
उनले जनताले औंल्याएका कमी कमजोरी सुधार गरी जाने सङ्कल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे।
उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिइने जानकारी पनि दिए । उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने