काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् ।
नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै महासचिव भुसालले पछिल्लो समय ओलीलाई माथ गर्ने ढङ्गले निन्दा र भर्त्सना गर्नेहरू नेपालको राजनीतिमा उदाइसकेको बताए ।
भुसालले भने, ‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । ओलीलाई माथ गर्ने ढङ्गले निन्दा र भर्त्सना गर्नेहरू नेपालको राजनीतिमा उदाइसकेका छन् ।’
भुसालले ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने बताए । रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै भुसालले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परा विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल