राप्रपा नेपालको भावि कार्यदिशा गणतन्त्रको अन्त्य, राजसंस्था पुनर्स्थापनाको मुद्दा बोक्ने (पूर्णपाठसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १३ : २८
राप्रपा नेपालको भावि कार्यदिशा गणतन्त्रको अन्त्य, राजसंस्था पुनर्स्थापनाको मुद्दा बोक्ने (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा बनाउने भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल करिब डेढ वर्षपछि पुनः राजसंस्था पुनर्स्थापनाकै एजेण्डामा फर्किएको हो ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको ‘अबको गन्तव्यः समृद्ध हिन्दु अधिराज्य’ विषयक राजनीतिक कार्यपत्रमा देशको वर्तमान अवस्थालाई दृष्टिगत गरी, पार्टी कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुको भावनलाई सम्मान गर्दै राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा बनाउने बताईएको छ ।

‘देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै तथा पार्टी कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुको भावनालाई सम्मान गर्दै राजसंस्था पुनःस्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने विगतको अडानलाई पुनरावलोकन र पुनर्विचार गर्ने निर्णय गरिएको छ,’– कार्यपत्रमा भनिएको छ ।

राप्रपा नेपालको भावि कार्यदिशा ‘संघीय व्यवस्थाको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य’ रहेको अध्यक्ष थापाले प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ ।