काठमाडौं। सुन तस्करी सम्बन्धमा आगामी महिना उच्चस्तरीय छानबिन आयोग गठन गर्ने दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद्लाई जानकारी गराउने भएका छन् ।
बुधवार अपरान्ह प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा रक्षामन्त्रीले संसद्लाई जानकारी दिने प्रस्ताव सरकारले राखेको थियो । ३ बजेका लागि तय भएको बैठक ४ बजेपछि बस्दैछ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै ६१ केजी सुन तथा इलेक्ट्रिक सिगरेटका नाममा भएको सुन तस्करीको छानबिनका लागि अर्को महिना आयोग गठन गर्ने सहमतिसँगै संसद् अवरोध हटेको हो । एमालेको अवरोधका कारण साउन १० यता प्रतिनिधिसभाको बैठक प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
पूर्णबहादुरले राखेको बैठकमा शेखर समूह सहभागी नहुने
‘अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद’ : पूर्णबहादुर खड्का