काठमाडौं। सुन तस्करी सम्बन्धमा आगामी महिना उच्चस्तरीय छानबिन आयोग गठन गर्ने दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद्लाई जानकारी गराउने भएका छन् ।
बुधवार अपरान्ह प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा रक्षामन्त्रीले संसद्लाई जानकारी दिने प्रस्ताव सरकारले राखेको थियो । ३ बजेका लागि तय भएको बैठक ४ बजेपछि बस्दैछ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै ६१ केजी सुन तथा इलेक्ट्रिक सिगरेटका नाममा भएको सुन तस्करीको छानबिनका लागि अर्को महिना आयोग गठन गर्ने सहमतिसँगै संसद् अवरोध हटेको हो । एमालेको अवरोधका कारण साउन १० यता प्रतिनिधिसभाको बैठक प्रभावित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रतिनिधि सभा विघटन असंवैधानिक’ : पूर्णबहादुर खड्का
‘सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व’: पूर्णबहादुर खड्का
काँग्रेस चुनावमा जान तयार छ: पूर्णबहादुर खड्का
कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का
काँग्रेसले काँग्रेसलाई हराउने महारोग छाडे ०८४ मा सहजै बहुमत ल्याउन सकिन्छ: पूर्णबहादुर खड्का
नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौं : उपसभापति खड्का