दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब ५१ करोडको कारोबार

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १५ : ३२
दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब ५१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २९.४७ अंकले बढेर दुई हजार ४५ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।             

त्यस्तै, आज एक अर्ब ५१ करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ भने २० कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनी, ग्लोबल आइएमई ब्यालेन्स फण्ड र लिबर्टी इनर्जी कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी घोराही सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस