एसिया कप क्रिकेट खेल्ने टोली पाकिस्तान प्रस्थान

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, ०७ : ०२
एसिया कप क्रिकेट खेल्ने टोली पाकिस्तान प्रस्थान

काठमाडौ । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको छ ।  प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा यही भदौ १३ देखि ३१ गतेसम्म  हुँदैछ । 

पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ । 

नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतवीचको खेल भने श्रीलङ्मा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

प्रस्थानअघिको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे । 

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए ।