काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल हुन नसक्नुको समस्या पत्ता लगाइ समाधानका लागि तत्काल पहल गरिने बताएका छन् ।
भैरहवामा शनिबार आयोजित नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल बनाउनु पर्ने विषय चौतर्फी उठेको बताए ।
‘म यहाँबाट राजधानी पुग्नासाथ यस बारेमा प्रधानमन्त्रीसमक्ष कुरा राख्ने छु,’ खड्काले भने, ‘उचित तरिकाले कसरी समस्या समाधान गर्न सकिन्छ रु समाधानको बाटोमा चाँडै अघि बढिने छ ।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सफल रूपमा सञ्चालनका लागि श्रम स्वीकृति, भिसा र काठमाडौँमा रहेका ठूला ट्राभल एजेन्सी लगायतका सरोकार राख्ने विषयमा तत्कालै छलफल सहितको निकास निकालिने उनले बताए । बर्सेनि किसानले बेहोर्दै आएको मलखादको समस्या समाधान र सय रुपैयाँभन्दा धेरैको सामान भारतबाट ल्याउँदा भन्सार नाकामा लगाइएको प्रतिबन्धले सीमाक्षेत्रका सर्वसाधारण जनताले भोग्नु परेको कठिनाइबारे पनि समाधान गरिने उनले आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
पूर्णबहादुरले राखेको बैठकमा शेखर समूह सहभागी नहुने
‘अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद’ : पूर्णबहादुर खड्का