गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि तत्काल पहल गर्छु: पूर्णबहादुर खड्का

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, २१ : ०५
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि तत्काल पहल गर्छु: पूर्णबहादुर खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल हुन नसक्नुको समस्या पत्ता लगाइ समाधानका लागि तत्काल पहल गरिने बताएका छन् ।

भैरहवामा शनिबार आयोजित नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल बनाउनु पर्ने विषय चौतर्फी उठेको बताए ।

 ‘म यहाँबाट राजधानी पुग्नासाथ यस बारेमा प्रधानमन्त्रीसमक्ष कुरा राख्ने छु,’ खड्काले भने, ‘उचित तरिकाले कसरी समस्या समाधान गर्न सकिन्छ रु समाधानको बाटोमा चाँडै अघि बढिने छ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सफल रूपमा सञ्चालनका लागि श्रम स्वीकृति, भिसा र काठमाडौँमा रहेका ठूला ट्राभल एजेन्सी लगायतका सरोकार राख्ने विषयमा तत्कालै छलफल सहितको निकास निकालिने उनले बताए । बर्सेनि किसानले बेहोर्दै आएको मलखादको समस्या समाधान र सय रुपैयाँभन्दा धेरैको सामान भारतबाट ल्याउँदा भन्सार नाकामा लगाइएको प्रतिबन्धले सीमाक्षेत्रका सर्वसाधारण जनताले भोग्नु परेको कठिनाइबारे पनि समाधान गरिने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस