काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित ‘२०२८ ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई नेपालका कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताए ।
‘अहिले इतिहासको कुरा गर्दाखेरी, हुनत यो राजनीतिक कुरा हुन्छ । यो विरोधको कुरा पनि सुन्न सकिएला,’ उनले भने, ‘आज फर्केर हेर्दाखेरि चाहिँ खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरी इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरी उहाँको बोली अर्कै लाग्छ ।’
महासचिव भुसालले ओली मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र तर नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको भन्दै त्यो सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल