काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे । उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, इयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गर्दै यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोको नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणासमेत गरेका थिए । त्यस बैठकमा उनले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’मा सिचुआन एयरलाइन्सले हालै पोखराको पहिलो उडान गरेकाले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए । कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हाे : अध्यक्ष ढकाल
निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग माग
कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह
प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित
धितोपत्र बोर्डले आइपिओ, हकप्रद, एफपीओ निष्काशन स्थगन तत्काल खोल्नुपर्छ : अध्यक्ष ढकाल