काठमाडौँ । सन् २०२३/२४ को शैक्षिक सत्रमा चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गर्नका लागि चिनियाँ सरकारले ७१ जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाली विद्यार्थीहरूले चीनमा बस्दा र अध्ययन गर्दाको आफ्नो अनुभव सुनाएका थिए । सक्षम श्रेष्ठले उहानमा रहेको हाउझोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भर्ना भएर सफ्टवेयर इन्जिनियरिङ पढ्नका लागि उत्साहित रहेको बताए । ‘यसले अवसरको ढोका खोल्नेछ,’ उनले भने ।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाली विद्यार्थीले विज्ञान र प्रविधिको क्षेत्रमा चीनले गरेको विकासबाट शिक्षा लिन सक्ने बताए । ‘तपाईँहरूको सफलता देशको सफलतासँग जोडिएको छ,’ मन्त्री राईले भने ।त्यस्तै, राजदूत सङले नेपाली विद्यार्थीहरूलाई नेपाल–चीन मित्रताको ‘साक्षी, लाभार्थी, निर्माणकर्ता र सञ्चारकर्मी’ को संज्ञा दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ को आवेदन