काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो ।
सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले जानकारी दिएका छन् । त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान छ । साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन् ।
हिमाचल प्रदेशमा भारी वर्षा र पहिरोले जनजीवन प्रभावित भएको छ । केही जिल्लामा लगातार ४८ घण्टादेखि वर्षा भइरहेको छ । नदी र खोलामा बाढी उर्लिएको छ । सडक भत्किएर यातायात आवागमन प्रभावित भएको छ ।
मुख्यमन्त्री सिंहले हिमाचल प्रदेशको जनजीवन अस्तव्यस्त भएको बताएका छन् । सडकहरु अवरुद्ध भएकाले घर बाहिर ननिस्किन आग्रह गरेका छन् । भारतको मौसम विज्ञान विभागले शनिबार हिमाचल प्रदेशका आठ जिल्लामा भारी वर्षा हुने र त्यसले क्षति पुर्याउन सक्ने भन्दै चेतावनीयुक्त सूचना जारी गरेको थियो । उक्त सूचनापछि स्थानीय सरकारले सबै शिक्षणसंस्थाहरु बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ साउन २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु