काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो ।
सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले जानकारी दिएका छन् । त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान छ । साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन् ।
हिमाचल प्रदेशमा भारी वर्षा र पहिरोले जनजीवन प्रभावित भएको छ । केही जिल्लामा लगातार ४८ घण्टादेखि वर्षा भइरहेको छ । नदी र खोलामा बाढी उर्लिएको छ । सडक भत्किएर यातायात आवागमन प्रभावित भएको छ ।
मुख्यमन्त्री सिंहले हिमाचल प्रदेशको जनजीवन अस्तव्यस्त भएको बताएका छन् । सडकहरु अवरुद्ध भएकाले घर बाहिर ननिस्किन आग्रह गरेका छन् । भारतको मौसम विज्ञान विभागले शनिबार हिमाचल प्रदेशका आठ जिल्लामा भारी वर्षा हुने र त्यसले क्षति पुर्याउन सक्ने भन्दै चेतावनीयुक्त सूचना जारी गरेको थियो । उक्त सूचनापछि स्थानीय सरकारले सबै शिक्षणसंस्थाहरु बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ साउन २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?