काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक बैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताब्यापी भ्रमण गर्नेछन् ।
चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन ।
दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना
राष्ट्रपति पौडेलले गरे उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण
भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव
मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र सवर्द्धन गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ : उपराष्ट्रपति यादव