काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका नेताहरूलाईपनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको बताएका छन्। आइतबार पार्टी पदाधिकार बैठकमा गृहमन्त्री श्रेष्ठले विभिन्न किषिमका भ्रष्टाचारका काण्डहरूमा आफ्नै पार्टीका नेताहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरी संगठनलाई निर्देशन दिएको बताएका छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालकै सल्लाहमा प्रहरी संगठनलाई निर्देशन दिएको बताउँदै भने,‘मैले प्रधानमन्त्रीकै सल्लाहमा प्रहरी अधिकृत अनुसन्धान प्रमुखलगायत सबै पक्षलाई बोलाएर कसैलाई आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिइसकेको छु।’
यस्तै, उनले भेप सुन प्रकरणमा पनि अनुसन्धान भइरहेको बताए। भने, ‘भेपको केसमा मुख्य मानिस कारबाहीको दायरामा ल्याउन अनुसन्धान र खोजी जारी छ। यहाँ सुन हो भनेर बेच्न लैजाने मात्रै भेटियो, यसका लगानीकर्ता भेटिएको छैनन्, अहिले नै समाचारलाई आधार मानेर धारणा बनाइहाल्ने अवस्था छैन।’
उनले थपे,‘यदि हाम्रै पार्टीका कोही नेताहरुलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौँ, अनुसन्धान नगर्नु भनेका छैनौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक