काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका नेताहरूलाईपनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको बताएका छन्। आइतबार पार्टी पदाधिकार बैठकमा गृहमन्त्री श्रेष्ठले विभिन्न किषिमका भ्रष्टाचारका काण्डहरूमा आफ्नै पार्टीका नेताहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरी संगठनलाई निर्देशन दिएको बताएका छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालकै सल्लाहमा प्रहरी संगठनलाई निर्देशन दिएको बताउँदै भने,‘मैले प्रधानमन्त्रीकै सल्लाहमा प्रहरी अधिकृत अनुसन्धान प्रमुखलगायत सबै पक्षलाई बोलाएर कसैलाई आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिइसकेको छु।’
यस्तै, उनले भेप सुन प्रकरणमा पनि अनुसन्धान भइरहेको बताए। भने, ‘भेपको केसमा मुख्य मानिस कारबाहीको दायरामा ल्याउन अनुसन्धान र खोजी जारी छ। यहाँ सुन हो भनेर बेच्न लैजाने मात्रै भेटियो, यसका लगानीकर्ता भेटिएको छैनन्, अहिले नै समाचारलाई आधार मानेर धारणा बनाइहाल्ने अवस्था छैन।’
उनले थपे,‘यदि हाम्रै पार्टीका कोही नेताहरुलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौँ, अनुसन्धान नगर्नु भनेका छैनौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन