काठमाडौँ। अनलाइनमार्फत यौनहिंसा गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङ रहेका छन् । उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारवाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौं जिल्ला अदालतबाट दुवै जनालाई पाँच/पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ