काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले आज समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेपछि समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्न लागेको नेविसंघ नेता योगेन्द्र रावलले बताए ।
सभापति देउवाले गत २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । त्यसको १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई देउवाले नै मनोनयन गरे । सोही कारण नेविसंघमा विवाद उत्कर्षमा पुगेको छ ।
केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा भेलाको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस