भरतपुर महानगरको बजार अनुगमन प्रभावकारी बन्दै, महानगरको उजुरी पेटिकामा उजुरी आउने क्रम बढ्दो

सफल खबर संवाददाता

सोमबार, २२ साउन २०८०, १६ : ५२
भरतपुर महानगरको बजार अनुगमन प्रभावकारी बन्दै, महानगरको उजुरी पेटिकामा उजुरी आउने क्रम बढ्दो

भरतपुर । भरतपुर महानगरपालिकाको दैनिक नियमित बजार अनुगमन थप प्रभावकारी बन्दै गएको छ । महानगरपालिकाले बजारमा स्वच्छता कायम गर्ने र उपभोक्ताहरु नठगिउन भन्ने उद्वेश्यले बजार अनुगमन कार्यलाइ निरन्तरता दिइरहेको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । गत आर्थिक बर्ष देखि नै महानगरले बजार अनुगमन कार्यलाइ तिब्र रुपमा कडाइका साथ निरन्तरता दिदै आएको छ ।

चालू आर्थिक बर्ष २०८०/८१ शुरु भए देखि नै महानगरमा दैनिक उपभोग्य बस्तुहरु माथी हुँदै आएको अबैज्ञानिक मुल्यवृद्धि र अखाद्य बस्तुहरुको बारेमा व्यापक जनगुनासो तथा उजुरी आउने क्रम बढेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठनेश्वर सापकोटाले बताए । अहिले महानगरको उजुरी पेटिकामा दैनिक जसो उपभोक्ताको गुनासोले भरिएका उजुरीहरु आउने गरेको र तत्काल नै महानगरको बजार अनुगमन समिति एक्सन उत्रने गरेको पनि सापकोटाले बताए ।

सोमबार भरतपुरका विभिन्न क्षेत्रहरुमा महानगरले बजार अनुगमन गरेको छ । भरतपुर १६ शिबघाटमा रहेको नेवारी किचन,जलकपुर होटल एण्ड रेस्टुरेन्ट,होटल ओकायरी,र भगेरीथान कटेजमा महानगरले सोमबार छड्के स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकाश होटलहरुले सरसफाइमा ध्यान नदिएको,मूल्य सुची नराखेको, वडा कार्यलयमा दर्ता नगरी सन्चालन गरेको,उपभोक्तासग अस्वभाविक मूल्य लिइएको,एमआरपी भन्दा बढी मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्री बितरण गरेको पाइएको छ । त्यस्तै भगेरीथान कटेजले सरसफाइमा हेलचक्राइ गरेको भन्दै अनुगमन समितिले पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ । त्यस्तै गरि भरतपुर १९ शारदानगरमा रहेको पिन्ची रेस्टुरेन्टलाई पनि सरसफाइमा बिशेष ध्यान नपुर्‍याएको भन्दै दुई हजार रुपैयाँ जरिवाना गरिएको छ । शारदानगर मै रहेको पबित्रा एण्ड ब्रदर्श( खाद्य पसल)बाट ठूलो परिणाममा बेच्न राखिएका अखाद्य बस्तु (म्याद नाघेका) बरामद गरिएको छ । बरामद गरिएका सामानहरुमा घ्यु ५ लिटर,चकलेट ६ बट्टा,पतन्जली अचार ४ बट्टा,अमिलो,सुजि बत्ती बाल्न प्रयोग गरिने रासायनिक तेल १६ बट्टा बरामद गरिएको छ । बरामद गरेका उक्त सामाग्रीलाई जनप्रतिनिधि,पत्रकार,कर्मचारी र अन्य सरोकारवालाहरुको रोहबरमा महानगर हाता भित्र खाल्डो खनी नष्ट गरिएको छ ।

स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति अनुगमनमा सक्रिय रहेको छ ।
बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली नै बनाएर बजार अनुगमनमा पठाएको छ । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ ।

उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो ।

ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ ।   उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ ।

बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ’ उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भने । अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् ।

उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस