नयाँदिल्ली । चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।”
भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ (एलभीएम–३) हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो ।
अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ साउन २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा