कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक पुरुषको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । कुवेर दमाई (हले) को हत्या आरोपमा उनकै भतिज र भान्जा नाता पर्ने दुई युवक पक्राउ परेका हुन् ।
गत साउन १८ गते ३५ वर्षीय दमाईको शव बन्द नदीको बगरमा गाडिएको अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गर्ने क्रममा दमाईको भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा उनीहरूले मृतक कुवेर दमाईले घरमा आमाबुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरू समेत बचेर रक्सी खाने गरेको जानकारी दिएका थिए । सोही विषयमा दुई जनाले दमाईलाई बन्द नदीको किनारमा लगेर मादन पदार्थ खुवाएर सम्झाउने क्रममा वादविवाद भएपछि कुटपिट गरेर टाउकोमा ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेका छन् ।
मृत्युपछि कसैले थाहा नपाउन् भनेर उनीहरूले दमाईको शवलाई खोला किनारमा गाडेका थिए । घटनामा संलग्न अजय र हरिशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ