बैंकक । थाइल्याण्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।
थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० साउन २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते