काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ घर भएका शिव कुमार कार्की २० दिनदेखि बेपत्ता छन् । वैदेशिक रोजगारीबाट फर्केका ४० वर्षीय कार्की बेनिघाटबाट हराएका हुन् । तर, अहिलेसम्म उनको अवस्था अज्ञात छ ।
असार ३१ बाट घर नफर्केका कार्कीको खोजी गरिदिन आग्रह गर्दै परिवारले साउन ४ मा प्रहरीमा निवेदन दिएका थिए । साउन ४ मा हराएको जानकारी आएपछि खोजीकार्य थालिएको धादिङका एसपी गौतम मिश्रले बताए । एसपी मिश्र भन्छन्–‘अवस्था अज्ञात छ, खोजतलास हुँदै छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १५ : ४०
लेखकबाट थप