काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अष्ट्रेलियाबीच सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १५ : ३३
काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अष्ट्रेलियाबीच सम्झौता

काठमाडौं।काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच सम्झौता भएको छ । सम्झौताअनुसार उनीहरूले नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी अवसर प्रदानका लागि काम गर्ने छन् ।

 

शुक्रवार काठमाडौं टेक्निकल स्कूलको सुकेधारास्थित कार्यालयमा भएको विशेष कार्यक्रममा स्कूलका अध्यक्ष मनोज पौडेल र टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत दीपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 

समझदारीपछि स्कूलले क्राउन टेक्नोलोजी अष्ट्रेलियाको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यवहारिक परिवर्तन ल्याउने छ। 

 

उक्त अवसरमा बोल्दै स्कूलका अध्यक्ष पौडेलले यस साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिस्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने बताएका थिए ।

 

यस्तै क्राउन टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौं टेक्निकल स्कूलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुशी व्यक्त गरेका थिए । साथै उनले नेपाली विद्यार्थीहरूलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरूको सहकार्य भएको स्पष्ट पारे ।

हस्ताक्षर समारोहमा आईएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, काठमाडौं टेक्निकल स्कूलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 

 

 

twitter sharing button

email sharing button

messenger sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस