श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, १५ : ५६
श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ

तनहुँ । श्रीमतीको गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

४७ वर्षीया श्रीमति गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

आलेले श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको थियाे ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रहरीले  जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस