काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम सारिएको छ । मुख्यमन्त्री थापाले आज बिहान १०:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो ।
मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरू छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको बताए । मुख्यमन्त्री थापाले शपथ ग्रहणपछि गठबन्धन दलबाट एक/एक जनालाई मन्त्री बनाउने तयारी गरेका थिए ।
नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग