काठमाडौँ । नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो ।
उनले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिने भन्दै जनही १२ लाख रुपैयाँ लाग्ने बताएका छन् । यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए ।
जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ