काठमाडौँ । नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो ।
उनले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिने भन्दै जनही १२ लाख रुपैयाँ लाग्ने बताएका छन् । यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए ।
जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ