काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेशको निरीक्षण गरेका छन् । उनलाई मध्यएयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।
उपप्रधान तथा रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएका थिए ।
सोही अवसरमा रक्षामन्त्री खड्काले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणको अवलोकन गरे । उनले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोवलका साथ कार्य गर्न निर्देशनसमेत दिए ।
भ्रमणकै क्रममा उपप्रधान तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५औं बैठकसमेत सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोजप्रताप राणा, उच्च पदस्थ पदाधिकारीलगायत सैनिक हवाई सेवाका अधिकृतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने