काठमाडौं । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।
पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।
साता ब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो ।
दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो । भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरुलाई निमन्त्रणा गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस