फिदिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १६ : ०७
फिदिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

पाँचथर। मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको निधन भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको निधन भए पनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको डीएसपी खतिवडाले बताए ।

दुर्घटनामा इलाम दानावारी ८ घर भएका चालक अर्जुन विश्वकर्मा, ताप्लेजुङ पाथिभरा याङवरक–१ बस्ने बुद्धहाङ लिम्बू, ताप्लेजुङ मिक्वाखोला–५ बस्ने इसेटिमा शेर्पा, पाँचथर हिलिहाङ–१ का रोशन श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा–३ का सरोज मादेन, ताप्लेजुङ फक्ताङलुङ–३ का अजय लिम्बू, इलाम सिद्धिथुम्का–८ की निरुता सिन्चेउरी कालिकोट जिल्लाको पतञ्जली गाउपालिका–१ का सुमन खड्का, काठमाडौं–२० की मिना लिम्बू, पाँचथर फाल्गुनन्द ३ का राम नेम्वाङ, फिदिम १० की सविना विक, फिदिम–१० कै पुस्तिका विश्वकर्मा घाइते भएका छन् ।

घाइतेमध्ये सविना विश्वकर्मा र मिना लिम्बूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि झापाका सुविधा सम्पन्न अस्पतालमा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस