काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् ।मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए ।
कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए । उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो ।
भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ। नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’नेता कोइरालाले नेपाली काँग्रेस एक हुनसके कसैले हराउन नसक्ने तर्क गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कार्य समिति विघटन गरेर कार्यवाहक सभापति तोक्नुहोस् : शशांक कोइराला
‘एकचोटि मन्त्री पनि नभएको मेरो घर किन जल्यो ?’ भन्दै शशांक कोइरालाको प्रश्न
‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’: शशांक कोइराला
बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला
आफ्नोबारे मात्रै चिन्ता लिएर बिपीको जस्तो राजनीति हुँदैछ : डा. शशांक कोइराला