काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ।
कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आवद्ध दलले गरेका निर्णय सञ्चारमाध्ययमबाट थाहा पाउनुपर्दा दु:ख लागेको उनको भनाइ थियो।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन,सञ्चार माध्यमबाट खवर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नु पर्यो।’
उनले भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे धारणा तयार गरेर नेतृत्वसमक्ष बुझाउने तयारी गरेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, २२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा कोही बा छैन, बोल्न छाड्दैनौँ’: गगन थापा
‘महाधिवेशनको दौडादौड सकिएपछि जेन जेडहरूसँग मिलेर काम गर्छु’: गगन थापा
पार्टीभित्रै घेराबन्दी भएको भन्दै गगन थापाले दिए चुप नबस्ने चेतावनी
नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति
कांग्रेसमा गगन र विश्वकै मत फरक
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा