खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १३ : ०२
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकैको खेतमा मोटबारबाट पानी तान्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ  । 

प्रतिक्रिया दिनुहोस