एजेन्सी । बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ ।
बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
चालकको लापरवाहीका कारण यो दुर्घटना भएको घाइतेहरुले आरोप लगाएका छन् । उनीहरुका अनुसार बसमा यात्रु खचाखच भएको पनि बताए ।
बंगलादेशी अखबार डेली स्टारका अनुसार ५२ जना क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए। पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो ।
जुन यात्रामा रहेका एक घाइते एमडी मोमिनले भने, ‘म भण्डारियाबाट बसमा चढेँ । बस यात्रुले खचाखच भरिएको थियो । तिनीहरूमध्ये कोही कोरिडोरमा उभिरहेका थिए। मैले चालकलाई सुपरभाइजरसँग कुरा गरिरहेको देखेँ। अचानक बस सडकबाट चिप्लिएर दुर्घटनामा पर्न गयो ।’
मोमिनले अगाडी भने, ‘सबै यात्रु बसभित्र फसेका थिए । ओभरलोडका कारण बस तत्कालै डुबेको थियो । म कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भएँ।’
बारिशालका डिभिजनल कमिश्नर एमडी शौकत अलीले सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरूलाई अस्पताल लगिएको पुष्टि गरेको डेली स्टारले जनाएको छ। मृत्यु हुनेमा अधिकांश पिरोजपुरको भण्डारीया उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
एक महिनामा दुर्घटनामा ५६२ जनाको मृत्यु
बंगलादेशमा बस दुर्घटना सामान्य भइसकेको छ । सडक सुरक्षा फाउण्डेशन (आरएसएफ) का अनुसार जुनमा मात्रै ५५९ सडक दुर्घटना भएका छन् । जुन दुर्घटनामा परेर ५६२ जनाको मृत्यु भएको थियो भने ८१२ जना घाइते भएका थिए ।
ढाका ट्रिब्यूनका अनुसार बुधबार जारी गरिएको प्रतिवेदनमा थप भनिएको छ कि देशभर २०७ मोटरसाइकल दुर्घटनामा १६९ जनाको मृत्यु भएको छ, जुन कुल मृत्युको ३३.७५ प्रतिशत हो। प्रतिवेदनका अनुसार यसमा ७८ महिला र ११४ बालबालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु