सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।
प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् । दुई दिनसम्म चल्ने कार्यक्रममा आज महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रमेश प्रसाईं, विपीनकुमार आचार्य र सांसद तोसिमा कार्कीले प्रशिक्षण दिनेछन्।
त्यस्तै शनिबार पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रशिक्षण दिनेछन् । त्यसअघि केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह, सचिव कमल सुवेदी, रास्वपा प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने रास्वपाको तयारी
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
साइबर सेना भर्ती गरेर चुनाव प्रभावित गर्ने रास्वपाको दाउ
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी