सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।
प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् । दुई दिनसम्म चल्ने कार्यक्रममा आज महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रमेश प्रसाईं, विपीनकुमार आचार्य र सांसद तोसिमा कार्कीले प्रशिक्षण दिनेछन्।
त्यस्तै शनिबार पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रशिक्षण दिनेछन् । त्यसअघि केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह, सचिव कमल सुवेदी, रास्वपा प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत