विराटनगर। स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ८१ वर्षीय रामनरेश सिंह र सवारी चालक ३३ वर्षीय रितेस जसवान रहेको छन् ।
उनीहरूलाई सशस्त्र प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो । बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँ (१२ लाख ४६ हजार ४ सय नेपाली) सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बीआर ०१ पीजी २११५ नम्बरको सेतो भारतीय स्कारपीयो चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँसहित बीओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रदेश श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा सुटकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ