विराटनगर। स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ८१ वर्षीय रामनरेश सिंह र सवारी चालक ३३ वर्षीय रितेस जसवान रहेको छन् ।
उनीहरूलाई सशस्त्र प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो । बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँ (१२ लाख ४६ हजार ४ सय नेपाली) सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बीआर ०१ पीजी २११५ नम्बरको सेतो भारतीय स्कारपीयो चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँसहित बीओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रदेश श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा सुटकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ