काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचाररुपी क्यान्सरलाई झारफुकबाट नभएर राजनीति, प्रशासन, सुरक्षायन्त्र र न्यायलयको एकीकृत र निर्मम शल्यक्रियाबाट समाधान गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामत भएको भएको घट्ना उल्लेख गर्दै बाबुरामले बेलाबखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण धेरै भयावह भएको कल्पना मात्रै गर्न सकिने भन्दै अब त्यसको उपचार अलौकिक महापुरुषको अवतारबाट नहुने पनि बताएका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जाॅचबुझका घेरा नाघेर सय किलो ( रू. ८४ करोड ?) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन।यो पहिलो र अन्तिम पनि हैन! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ।अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अळौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति/प्रशासन/सुरक्षासंयन्त्र/न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं!नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन्!
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई