सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार?

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, ११ : ४५
सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार?

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको छ ।अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस