काठमाडौं । सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता एसपी सीताराम रिजालले खोटाङ हलेसी ज्वेलर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको जानकारी दिए।
प्रवक्ता रिजालका अनुसार शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली बोलाइएको छ। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, ११ : २०
लेखकबाट थप