काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाको कुशलताका कारण एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्काएर आफ्नो दलको नेतृत्वमा नयाँ गठबन्धन बनाउन सकेको बताएका छन् । उनले सभापति देउवासहित नेताहरुको कुशलतापूर्वक कदमको कारण पार्टी संघ र प्रदेशमा सरकारको नेतृत्वमा फर्किएको बताए ।
आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेट ल्याउने र सरकार सञ्चालनको सम्बन्धमा सभापति देउवासहित नेताहरुको सल्लाहमा नै काम गरिरहेको स्पष्ट पारे । उनले आफूहरुले आम मतदाताहरुको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
उनले काम गर्दाको यो साँढे तीन महिनाको अवधिका कमिकमजोरी भएर सुझाव दिन आग्रह पनि गरे । उनले अहिले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थामा रहेको सुनाए । उनले सरकारले ऋणात्मक अवस्थामा काम गरिरहेको बताए । उनले सरकारले अर्थतन्त्र सुधार गर्ने कोशिस गरिरहेको बताए । बजेट निर्माण गर्ने सम्बन्धमा कतिपय सन्दर्भमा अप्ठ्यारोहरु भएको पनि उनको भनाई छ । उनले सकारात्मक सोचका साथ मुलुकको यथार्थलाई साथमा राखेर बजेट ल्याईएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला